Breaking News Post

विष्णु पौडेललाई विशेष अदालतमा पेस गरिँदै


९ असार २०८३, मंगलबार ००:००


९ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई अदालत पेस गरिँदैछ । सोमबार सुर्खेतबाट पक्राउ परेका उनलाई काठमाडौं ल्याएर आज सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा हाजिर गराइएको थियो । विभागमा करिब २ घण्टा राखेपछि उनलाई विशेष अदालत पेस गरिँदैछ । उनले गरेको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको विभाग सम्बद्ध उच्च स्रोतले अनलाइनखबरलाई बताएको छ ।

उनलाई नियन्त्रणमा लिनुअघि विभागको टोलीले उनकाे निवासमा पनि छापा मारेको थियो । उनलाई म्याद थपका लागि अदालत पेस गर्न लागिएको हो  ।

प्रकाशित : ९ असार २०८३, मंगलबार ००:००