ताजा घटना

स्वाद मानेर खाने पानीपुरीमा पिसाब मिसाइरहेको प्रत्यक्ष भिडियो भाइरल


९ भाद्र २०७८, बुधबार ००:००


काठमाडौका सडक छेउमा पानीपुरी खाने युवायुवतीको भिड देखिन्छन् । कतिपय व्यक्ति पानीपुरी भनेपछि हुरुक्कै हुन्छन् । खासगरी युवायुवती यसको पारखी हुन्छन् । साँझको समयमा सडक किनारमा पानीपुरी खानेहरुको लाइन देख्न सकिन्छ ।

यस्तो पानीपुरी कति स्वास्थ्यकर हुन्छ भन्ने कुराको ख्याल भने गरिदैन । तर तपाई हामीले स्वाद मानेर खाने पानीपुरीमा के सम्म मिसाइएको हुनसक्छ भन्ने अनुमान गर्नुभएको छ ? स्वाद मानेर खाइने पानीपुरीमा पिसाब मिसाइएको भिडियो सार्वजनिक भएको छ ।

यो भिडियो नेपालको भने होइन । तर यो भिडियो हेरेर तपाई हाम्रो स्वास्थ्यमा कति लापरवाही भएको होला भन्ने कुराको अनुमान सजिलै लगाउन सकिन्छ । भारतको आसामस्थित गुवाहाटी क्षेत्रमा पानीपुरीमा पिसाब मिसाएको घटना सार्वजनिक भएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको छ ।

ठेला सञ्चालक ६० वर्षीय अक्रुल सहानीलाई प्रहरी पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पिसाब मिसाइरहेको भिडियो अमर ज्योती नामक फेसबूकबाट सार्वजनिक गरिएको थियो, जुन भिडियो भाइरल बन्यो । भिडियोमा ठेलावालाले जगमा पिसाब गरेर पानीपुरीको पानीमा मिसाइरहेको देखिन्छ । एजेन्सी ।

https://www.facebook.com/amarjyoti.bordoloi.77/videos/348622946810091

प्रकाशित : ९ भाद्र २०७८, बुधबार ००:००