कठमाण्डौं ,आदिवासी किरात महासंघले १२ औं राष्ट्रिय जनगणना २०७८ मा ‘राई, शब्दलाई बहिष्कार गर्दै,आआफ्नो पहिचान लेखाउन अपिल गरेका छन् । ‘राई, शब्द पद मात्र हो, जाति होइन भन्दै महासंघले अवधारण राख्दै आएको छ ।
किरात महासंघद्धारा १४ किरात समुदायको संयुत्तरुपमा शनिबार सूचनामुलक सभ्यदृश्य निर्माण गर्दै सामुहिक रुपमा यस्तो कुरा बताएका हुन् । जाति,भाषा र धर्म सुनिश्चित गर्न कर्तिक २५ गते देखि मंसिर ९ गते सम्म हुने जनगणनामा आ–आफ्नो जाति पहिचान लेखाउन महासंघले किराती समुदायहरुलाई सुझाव दिएका छन् ।
आ–आफ्नो वास्तविक जातिय पहिचान दिएर जनगणना गणक प्रतिनीधिहरुलाई नाम टिपाउदा मातृभाषी सबै सुमुदायलाई फाईदा हुने समेत महासंघले जनाएको छ । तर किरात राई यायोक्खाले भने इतिहास र पहिचान बोकेको हामी ‘राई, हो भन्दै आगामी जनगणना २०७८ मा ‘राई, शब्द नै लेखाउन आवहान गरेको छ ।
आदिवासी किरातहरु भित्र
चाम्लिङ,बाहिङ,खालिङ,कुलुङ,थुलुङ,बान्तावा,नाछिरिङ,साम्पाङ,मेवाहाङ,जेरुङ,याम्फु,लोहोरुङ लगायतका २६ भाषा भाषीहरु छन् । अहिले यी भाषा भाषीहरु आपसमा कसैले ‘राई, शब्द लेख्ने र कसैले हामी ‘राई, होइन भन्दै विभिन्न धारणा राख्दै आएका छन् । किरात समुदाय भित्रको किचलोले केही केही व्यक्तिहरु भने आफ्नो वास्तविक पहिचान के हो र के लेख्ने हो भन्ने कुरामा अलमलमा परिरहेको अवस्थामा किरात महासंघले भ्रममा नपरी आ आफ्नो जाति, भाषा, धर्म लेख्न लेखाउन अपिल गरेको छ ।











प्रतिक्रिया