समाचार

गीतकार डम्बर यक्सोको ५गीतहरूको म्युजिक भिडियो लोकार्पण


१३ बैशाख २०८३, आइतबार ००:००


१३ वैशाख ,ललितपुर

कवि तथा गितकार डम्बर यक्सोको ५ वटा गितहरुको श्रब्य दृश्य (म्युजिक भिडियो)हरु एकसाथ लोकार्पण गरिएको छ।

ललितपुरको तिखेदेवल स्थित सयल बाटिकामा आज एक भब्य कार्यक्रम बिच लोकार्पण गरिएको हो। गितकार डम्बर यक्सोको शब्द रहेको पहिलो गित “मुस्कान छैन” सङ्गीत दिनेशकाजी बान्तावा , स्वर स्मिता प्रधान र सङ्गीत संयोजन देबेश राईले गरेका छन भने भिडियोमा गायिका स्मितालाई देखाईएको छ।
त्यसैगरी दोश्रो गित “आमाको तिर्सना” सङ्गीत स्व:बिक्रम राईले गरेका छन भने स्वर मुना ठटाल , सङ्गीत संयोजन पुरुषोत्तम सुवेदी ले गरेका छन ।

त्यसैगरी तेश्रो गित “म त तिम्रो नजरमा जीउदै मरेको मान्छे ” लाई सङ्गीत शान्तीराम राई , स्वर जुनु प्रसाईं र सङ्गीत संयोजन आगा लामाले गरेका छन ।चौथो गित “निष्ठुरी रहेछौ दैव” मा सङ्गीत महेश खड्का,स्वर दीपक लिम्बू , सङ्गीत संयोजन देबेश राई ले भरेका छन र पाँचौ गित “अति शुन्दर छ है हाम्रो हाङपाङ गाउँ ” मा सङ्गीत अशोक मुकारुङ को रहेको छ भने स्वर अशोक मुकारुङ र दिपा सुहाङले भरेका छन भने सङित संयोजन राजु कार्कीको रहेको छ।

सम्पुर्ण भिडियोहरुको छायांकन जयन्द्र कुनुवार, निर्देशन तथा सम्पादन जीवन मुकारुङले गरेका छन।
प्रेम मिलन ,बिछोड , देशभक्ति , जन्म मृत्यु विषयमाथी अत्यन्तै मर्मस्पर्शी शब्दहरूले ओतप्रोत गीतको म्युजिक भिडियोहरु भिडियो प्रदर्शन पश्चात बक्ताहरुले गितकारको शब्द लेखन तथा सृजना माथी प्रशंसा गर्दै बधाई दिएका थिए ।

गितकार संघ नेपालका अध्यक्ष वसन्त बित्यासी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथिहरु प्रसिद्व कवि तथा गीतकार प्राज्ञ श्रवण मुकारुङ , सङ्गितकार प्राज्ञ बुलु मुकारुङ,गितकार संघ नेपालका उपाध्यक्ष रमेश कोईराला , किरात याक्थुङ चुम्लुङ संघिय अध्यक्ष गोबिन्द आङ्बुङ , बनिता साहित्यिक संस्थाकी अध्यक्ष तथा साहित्यकार लक्ष्मी उप्रेती , सङ्गितकार शान्तीराम राई, फक्ताङलुङ सांस्कृतिक मन्चका अध्यक्ष मोहन मादेन , गायक दिपक लिम्बू लगायत गायक गायिका,कलाकार,समाजसेवी, ब्यबसायी, विभिन्न सामाजिक संघ -संस्थाका पदाधिकारी हरुको बाक्लो उपस्थिति रहेको थियो।

गीतकार संघ नेपालका निवर्तमान अध्यक्ष शुभ मुकारुङको अध्यक्षतामा सम्पन्न भएको लोकार्पण कार्यक्रमको सञ्चालन सेसेमी लिम्वुले सञ्चालन गरेकी छिन्।

पुर्व शिक्षक, ब्रिटिस आर्मी,राजनितीकर्मी, समाजसेवी समेत रहेका सर्जक डम्बर यक्साेको ‘मेरा मनका अब्यक्त भावहरु´ पुस्तक समेत प्रकाशन गरिसकेका छन।

प्रकाशित : १३ बैशाख २०८३, आइतबार ००:००