सोलुखुम्बुको जन जागृति माध्यमिक विद्यालयका एग्रिकल्चर र भेटनरीमा अध्ययनरत विद्यार्थीहरुको माग पूरा नभएसम्म विद्यालयको ताला नखुल्ने भएको छ ।
दक्ष शिक्षकलाई विद्यालयले अवकाश दिएका भन्दै हिजो शुक्रबार दिउँसोदेखि लगाएको ताला माग पूरा भएपछि मात्र खुल्ने विद्यार्थी मनिष कटुवालले जानकारी दिनुभयो ।
विद्यालयमा तालाबन्दी गरिएको बिषयमा प्रधानाध्यापक तिलक राईले सोमबार दुइ पिक्षय छलफलको लागि बोलाइएकोे बताउनुभएको छ । उहाँले विद्यार्थी र विद्यालयबिच छलफल गरेर निष्कर्षमा पुग्ने उल्लेख गर्दै निर्णयअनुसार अघि बढ्ने स्पष्ट पार्नुभयो ।
भेटनरी दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी मनिष कटुवालले विद्यालयमा तालाबन्द्धी गर्नुमा एग्रिकल्चर र भेटनरीका दोस्रो र तेस्रो ब्याजका विद्यार्थीहरुको ऐक्वबद्धता रहेको दाबी गर्दै विषयगत दक्ष शिक्षक विद्यालयले अवकाश गरिएकाले तालाबन्दी गर्न बाध्य भएको बताउनुभयो
यता शिक्षक सागर राजभण्डारीले आफु विद्यालयमा अनियमित रहेको कुरालाई स्वीकार गरेकाछन् । सोलुखुम्बुको जन जागृति माध्यमिक विद्यालयका एग्रिकल्चर र भेटनरीमा अध्ययनरत विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरेका छन् । विद्यालयले राम्रो शिक्षकलाई निकालेको भन्दैे शुक्रबार दिउँसो विद्यार्थीले विद्यालयमा ताला लगाएका हुन् ।











प्रतिक्रिया