१२ असार, काठमाडौं । देशभर रहेका २९३ महानगर, उपमहानगर र नगरपालिकामध्ये धरान उपमहानगरसहित १४ नगरपालिकाले समयमै बजेट ल्याउन नसकेको पाइएको छ । नेपाल नगरपालिका संघले सार्वजनिक गरेको विवरण अनुसार १० असारका लागि ऐनले तोकेको समयभित्र कोशी प्रदेशको धरान उपमहानगरपालिका एक्लैले बजेट ल्याउन सकेन । सबैभन्दा धेरै मधेश प्रदेशमा १० नगरपालिकाको बजेट आउन सकेको छैन ।…