उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवको सक्रियता: बक्यौता नतिर्ने उद्योगमाथि एक्सन, थप ५ उद्योगले तिरे भाडा

*काठमाडौँ।* वर्षौंदेखि उद्योग सञ्चालन गरेर पनि सरकारी भाडा बुझाउन आलटाल गरिरहेका उद्योगहरूमाथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले कडा कदम चाल्नुभएको छ। मन्त्री यादवको विशेष सक्रियता र कडा निर्देशनपछि लामो समयदेखि उठ्न नसकेको भाडा बक्यौता धमाधम उठ्न थालेको छ। मन्त्री यादवले ७ दिनभित्र सम्पूर्ण भाडा बक्यौता चुक्ता नगरे उद्योगहरूको बत्ती र पानीको लाइन काट्न…