सडक निर्माणमा रकम हिनामिना गरेको अभियोगमा अधिकारीहरू विरुद्ध मुद्दा दायर

काठमाडौँ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगु जिल्लाको सोरु गाउँपालिकाको सडक निर्माणमा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी रकम हिनामिना गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितका अधिकारीहरू विरुद्ध मुद्दा दायर गरेको छ । सोरु गाउँपालिका–१ अन्तर्गत जवलधारा पीसीसी सडक निर्माण योजनाको लागि मुख्यमन्त्री रोजगार कार्यक्रमको अनुदान रकम रु ३६ लाख ४० हजार प्राप्त भएको थियो । योजना सम्झौता…