गोकर्ण बचत तथा ऋण सहकारीको साढे २ करोड रकम अपचलन

काठमाडौं, गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा रहेको गोकर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा बचतकर्ताको साढे २ करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ । प्रहरी वृत्त बौद्धले उक्त सहकारीका अध्यक्ष ३७ वर्षीय रोशनबाबु श्रेष्ठलाई पक्राउ गरेको थियो । श्रेष्ठमाथि अनुसन्धान गर्दा ८९ बचतकर्ताको २ करोड ५६ लाख ५ हजार ८ सय ४६ रुपैयाँ ठगी गरेको खुलेको…