सेयर बजारमा नेप्से ५७ अंकले गिरावट

काठमाडौँ, आज सेयर बजार परिसूचक (नेप्से) मा ५७ अंकको गिरावट आएकाे छ । २६३६ बिन्दुबाट सुरु भएको बजार परिसूचक २५८० बिन्दुमा ओर्लिएर कारोबार रोकिएको हाे । यसअघि गएको साउन १० गते परिसूचक २५६८ बिन्दुमा थियो । त्यसपछि बजार उक्लिएर साउन ३१ गते ३००० बिन्दुसम्म पुगेको थियो । ३००० पुगेसँगै बजारमा करेक्सन देखिन थालेको छ ।…