शरीरको २० ठाउँमा चक्कु खाेपि हत्या गरिएकाे निराकाे हत्याका आरोपीको अझै पहिचान खुलेन

काठमाडौँ । कपनस्थित सरस्वती नगरमा भाँडा पसल चलाउने निरा पाण्डे आचार्य वैशाख ७ मा मृत भेटिइन् । सामान किनेको पैसा बुझाउन जाँदा एकजना महिलाले काउन्टरमा ३५ वर्षीया निरा रगतपच्छे भएर ढलेको देखेपछि परिवारलाई खबर गरिदिइन् । निराले चलाएको ‘निरु किचेन’बाट करिब ३ सय मिटर पर निराका श्रीमान् योगेन्द्र आचार्यले इलेक्ट्रिक सामग्री पसल चलाएका छन् ।…