जुम्लाको हिमा गाउँपालिका -१ आचार्यलिहीमा अवस्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ। राति करिब साढे २ वजे आयोजनाको पावर हाउस भासिँदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत रहेका छन्…