एमालेले विगत २५ दिनको अवधिभित्रै ६ जना नेताहरूलाई कारबाही

काठमाडौँ, नेकपा एमालेले पार्टी हित विपरीत काम गरेको आरोप लगाउँदै नेताहरूमाथि कारबाहीको शृङ्खला नै चलाएको छ । एमालेले विगत २५ दिनको अवधिभित्रै ६ जना नेताहरूलाई कारबाही गरेको छ । कारबाहीले पार्टीका नेता कार्यकर्ताहरू तरङ्गित बन्न पुगेका छन् । पार्टी केन्द्रीय सचिवालयले गत पुस १० गतेबाट सुरु गरेको कारबाही कोशी प्रदेश हुँदै सुदूरपश्चिम प्रदेश पुगेको छ…