रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-३ मा गएको पहिरोका कारण ६५ परिवार विस्थापित भएका छन्। अविरल वर्षासँगै भदौ ८ गते राति गएको पहिरोले तीन घर पुरिंदा ६ जनाको मृत्यु भएको थियो। पहिरोमा पुरिएर चार जना हराइरहेका छन् भने एक जना घाइते भएका छन्। पहिरोमा पुरिंदा ३० वर्षीया चण्डिका श्रेष्ठ, डेढ वर्षीय आयुष श्रेष्ठ, ५७ वर्षीया उर्मिला पहरी, ३०…