हिमाली जिल्ला सोलुखुम्बुमा आज मंगलबारबाट राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सुरु हुँदैछ । मंगलबार जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाबाट विवरण दर्ता अभियान थालनी हुने जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । नगरपालिकाको वडा नम्बर ५ बाहेक सबै वडाको २ स्थानमा दर्ता क्याम्प खडा हुने प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले जानकारी दिए । नगरपालिकामा करिब १५ दिन भित्र…