महानगरीय अपराध महाशाखाको टोली माघ ६ गते बिहीबार ज्याठामा रहेको एक घरमा पुग्यो । अखाद्य पदार्थ मिसाएर नक्कली मह बनाएर बजारमा विक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरी टोलीले मह उद्योगका सञ्चालक ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठलाई पक्राउ गरी ७ हजार ६०० केजी तयारी मह र मह बनाउन प्रयोग हुने कच्चापदार्थ…