छोरीले बारम्बार ‘टाउको दुख्यो’ भनेपछि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका घर भई भक्तपुर बस्ने राधिका श्रेष्ठले रोशनीलाई माताकहाँ देखाउने निधो गरिन् । १४ वर्षीया छोरी रोशनी श्रेष्ठलाई लिएर उनी पुस ३ मा नागार्जुन नगरपालिका–१ रानीवन, पानी ट्याङ्कीमा रहेको उमा शाही ठकुरीको आश्रममा पुगिन् । आफूलाई ‘माता’ दाबी गर्ने ठकुरीको आग्रह अनुसार छोरीलाई छाडेर राधिका भक्तपुरको बोडे…