एमाले कोशी किचलो : मुख्यमन्त्री र प्रदेश इन्चार्ज-अध्यक्षलाई ओलीले काठमाडौं बोलाए

१९ साउन,  विराटनगर । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनलाई लिएर नेकपा एमालेभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तत्काल राजीनामा दिन अस्वीकार गरेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले छलफलका लागि भन्दै कोशीका तीन शीर्ष नेतालाई काठमाडौं बोलाएका छन् । अध्यक्ष ओलीले मुख्यमन्त्री कार्की, एमाले सचिव शेरधन राई र कोशी प्रदेश कमिटीका अध्यक्ष…