Breaking News Post

पाँचथर समाजसेवा बेलायतको नवौँ अधिबेशनबाट नगेन्द्रराज नेम्बाङ अध्यक्षमा निर्वाचित


१३ आश्विन २०८२, सोमबार ००:००


असोज १३,काठमाडौँ

पाँचथर समाजसेवा बेलायत को नवौं अधिवेशन बाट समाजसेवी तथा लेखक नगेन्द्र राज नेम्बाङ अध्यक्षमा निर्बिरोध निर्वाचित हुनुभएकोछ।


सेप्टेम्बर २८ को दिन बेलायतको अल्ड्रसटस्थित सुसि मोटो रेष्टुरेन्टमा सम्पन्न भएको उक्त अधिबेशनमा अध्यक्षमा श्री नगेन्द्र राज नेम्बाङ, वरिष्ठ उपाध्यक्षमा लिला सेलिङ माबो , उपाध्यक्षमा लाहाङ चेम्जोङ र महासचिवमा पारु राई , सचिब प्रताप तामाङ लाई निर्विविरोध निर्वाचित गरेको छ ।

सन २००७ मा स्थापित संस्थाले भाषा संस्कृति लगायत थुप्रै सामाजिक कार्यहरु गरिसकेको छ।

तस्बिर – गजेन्द्रराज नेम्बाङ,सुक तुम्रोक

प्रकाशित : १३ आश्विन २०८२, सोमबार ००:००