साल्पासिलिछोको प्रजातन्त्र प्राविमा कुलुङ भाषामा पढाइ हुने

भोजपुरको साल्पासिलिछो- ४ स्थित प्रजातन्त्र प्राथमिक विद्यालय, ओखरपानीमा कुलुङ भाषाको पाठ्यक्रम पढाइने हुने भएको छ । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त बैठकले यसै शैक्षिक सत्रदेखि कुलुङ भाषाको पाठ्यक्रम पढाउने निर्णय गरेको हो । विद्यालयका शिक्षक रविन कुलुङ राईका अनुसार यहाँ ९९ दशमलब ९ प्रतिशतले कुलुङ भाषा बोल्ने भएकाले सोही भाषाको पाठ्यक्रम पढाउन…