लुम्बिनीले चितवनलाई ३३ रनले पराजित गर्दै एनपिएलमा आफ्नो पहिलो जित

काठमाडौं, नेपाल प्रिमियर लिग (एनपिएल) को आजको पहिलो खेलमा लुम्बिनी लायन्स विजयी भएको छ। लुम्बिनीले चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै जारी एनपिएलमा आफ्नो पहिलो जित निकाल्यो। लुम्बिनी लगातार चार खेलमा पराजित भएको थियो। लुम्बिनीको जितमा कप्तान रोहित कुमार पौडेलले उत्कृष्ट अलराउण्ड प्रदर्शन गरे। ब्याटिङमा अर्धसतक प्रहार गरेका उनले बलिङमा पनि ४ विकेट हात पारे।…