सहरी व्यवस्थापन रूपान्तरणमा महानगर प्रहरीकाे अग्रपङ्क्तिमा भूमिका निर्वाह

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले सहरी व्यवस्थापन रूपान्तरणको कठिन घडीमा महानगर प्रहरीले अग्रपङ्क्ति भूमिका निर्वाह गरेको बताएका छन् । ३२ औँ महानगर प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले विकासोन्मुख मुलुकका सहरहरूलाई व्यवस्थापन गर्ने चुनौतीपूर्ण काममा महानगर प्रहरी बलले अनुकरण योग्य काम गरेको धारणा राखेका छन् । उनले विकासले विनाश गरेको प्रकृतिलाई पुनः स्थापनामा प्रहरीको…