नेकपा माओवादी केन्द्र प्रदेश १ को सह-सचिवमा सोलुखुम्बुका किराँती निर्वाचित

सोलुखुम्बु, नेकपा (माओवादी केन्द्र) प्रदेश १ को सह-सचिवमा सोलुखुम्बुका सागर किराँती निर्वाचित हुनुभएको छ । माओवादी केन्द्र प्रदेश १ को बुधबार बेलुका भएको निर्वाचनमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका अध्यक्ष समेत रहनुभएका किराँती ७३ मत सहित सहसचिव पदमा निर्वाचित हुनुभएको निर्वाचन समितीले जनाएको छ । यस्तै अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) ले प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोलाई पराजित गर्दै विजयी…