नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङ तालिका सार्वजनिक गरेको छ। विद्युत वितरण गरिएको विभिन्न स्थानहरूमा हुने लोडसेडिङको तालिका आइतबार सार्वजनिक गरिएको हो। तालिकाअनुसार दैनिक ९ घन्टासम्म विद्युत आपूर्ति बन्द हुनेछ। टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गौरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि साढे १ बजेसम्म र राति साढे ८ बजेदेखि १२ बजेसम्म लोडसेडिङ हुने छ।…