प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वैशाख अन्तिमतिर भारत भ्रमणमा जाँदैछन् । विराटनगरका उद्योगी व्यवसायीले प्रधानमन्त्रीको उक्त भ्रमणका क्रममा भारतसँग विराटनगरसम्म रेल्वे कार्गो सञ्चालन गर्नुपर्ने तथा कालुघाटसम्मको जलमार्ग प्रयोग सम्बन्धी यसअघि भएको सम्झौता कार्यान्वयनको विषय उठाउनु पर्नेमा जोड दिएका छन् । ‘विराटनगरको एकीकृत जाँच चौकीसम्म रेल्वे कार्गो ल्याउन सके कोलकाता, हस्दिया र विशाखापटनमबाट समेत सोझै औद्योगिक एवं…